दाङ, भाद्र १२ । यातायात व्यवस्था कार्यालय राप्ती, दाङले २०८२ साल भाद्र ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको सवारी चालक अनुमतिपत्र (नयाँ तथा वर्ग थप) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार परीक्षाफलको नामावली (चेकलिस्ट) हेर्नका लागि सम्बन्धित व्यक्तिहरूले कार्यालयले उपलब्ध गराएको अनलाइन प्रणाली मार्फत हेर्न सक्नेछन्।
परीक्षाफलसम्बन्धी कुनै समस्या वा त्रुटि भएमा परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिबाट ७ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले म्याद नाघी दर्ता गरिएका निवेदनमाथि कुनै प्रकारको सुनुवाइ नहुने स्पष्ट पारेको छ।












