भरत वली

राेल्पा, भदाै १३ । बुटवल पावर कम्पनी लिमिटेड, झिमरुक जलविद्युत केन्द्रले रुखका हाँगा काट्ने तथा लाइन मर्मत, सम्भार कार्यका कारण केही स्थानमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

कम्पनीका अनुसार ३३ केभी लोकल, रोल्पा र गल्याङ लाइनअन्तर्गत पर्ने क्षेत्रमा कार्य सम्पन्न गर्न लाइन विच्छेदन गर्नुपर्ने भएकाले तोकिएको समयसम्म विद्युत सेवा प्रभावित हुनेछ।

तपसिलअनुसार २०८२ भदौ १३ गते पावरहाउस, ड्यामसाइड, खैरा, बरौला हुँदै दाङबाङसम्म बिहान ७ बजेदेखि साँझ ५:३० बजेसम्म विद्युत बन्द हुनेछ। त्यस्तै, भदौ १४ गते पावरहाउसदेखि मार्सीवाङ, उदयपुरकोटचौरपानी, धरमपानी, गुठीबाङ, बर्जीबाङ, भिङ्ग्री, वेलवास, सारी हुँदै रोल्पासम्म सोही समयमा आपूर्ति रोकिनेछ।

यस्तै, भदौ १४ गते नै पावरहाउसदेखि जुम्री, खलङ्गा, चुजाठाटी, ढाकाबाङ, असुरकोट हुँदै खिल्जीसम्म भने समय–समयमा लाइन अवरुद्ध हुने कम्पनीले जनाएको छ।

विद्युत आपूर्ति बन्द हुने अवधिमा ग्राहक वर्गमा असुविधा हुन सक्ने भन्दै कम्पनीले क्षमा प्रार्थना गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस