भरत वली

रोल्पा, भदाै १३ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले शिक्षा विधेयकमा रहेको त्रुटि सच्याउन माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ ।

यस्तै, नेपाल शिक्षक महासंघ रोल्पाले पनि केन्द्रीय निर्देशनअनुसार स्थानीय तहमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम शुक्रवार राेल्पा, लिबाङमा सम्पन्न गरेको छ । महासंघका अध्यक्ष खलसिँ बुढामगरले नगर प्रमुख सुरेन्द्र थापा घर्ती र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।

ज्ञापनपत्र बुझ्ने क्रममा नगर प्रमुख थापा घर्तीले शिक्षकका मागहरू आफैले पूरा गर्न सकिने भए तत्काल गर्ने र नसकिने मागहरू केन्द्रसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस