दाङ, भदाै १३ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेश वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत घोराही वितरण केन्द्रले आगामी शनिबार घोराही क्षेत्रमा आंशिक रुपमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

वितरण केन्द्रका अनुसार २०८२ भदौ १४ गते (शनिबार) बिहान १०:०० बजेदेखि घोराही वितरण केन्द्रको सबस्टेशन भित्रका ब्रेकरहरू मर्मत–सम्भार गर्नुपर्ने भएकाले सम्पूर्ण फिडरहरूमा आंशिक रुपमा अनियमित विद्युत आपूर्ति हुने भएको हो।

प्राधिकरणले तोकिएको भन्दा अगावै काम सम्पन्न भएमा लाइन पुनः सञ्चालन हुने जनाएको छ। विद्युत आपूर्ति अवरुद्ध हुँदा पर्न सक्ने असुविधाप्रति घोराही वितरण केन्द्रले ग्राहक वर्गसमक्ष क्षमा याचना गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस