भरत वली
घाेराही, भदाै १३ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले निःशुल्क आँखा स्वास्थ्य परामर्श तथा उपचार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कार्यक्रम मधुमेही समाज दाङ र लायन्स क्लब अफ स्वर्गद्वारीको सहकार्यमा भदौ १४ गते (शनिबार) आँखा उपचार केन्द्र, नवलपुर, घोराहीमा हुने छ।
राप्ती आँखा अस्पतालका मेडिकल डायरेक्टर सह–प्रा. डा. रञ्जित कुमार साहले मधुमेह, उच्च रक्तचाप तथा जलविन्दुले आँखामा पार्ने असरबारे सचेतना दिँदै निःशुल्क आँखा जाँच, उपचार र परामर्श प्रदान गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ।
सो कार्यक्रम बिहान १० बजेबाट सुरु भई दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ। सम्बन्धित व्यक्तिहरूलाई समयमा सम्पर्क गरी सो अवसरको लाभ लिन अस्पतालले आग्रह गरेको छ।













