रोल्पा, भदाै १३ । ‘हावा पछिको महत्वपूर्ण वस्तु पानी हो, थोपा–थोपा सदुपयोग गरौँ’ भन्ने नाराका साथ रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको छैठौँ अधिवेशन तथा दोस्रो साधारण सभा शुक्रबार राेल्पा, लिबाङमा उद्घाटन सम्पन्न भएकाे छ ।
समितिका अध्यक्ष लिलाधर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य प्रमुख अतिथि रहनुभएको थियो । यस्तै, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि आचार्यले उपभोक्ताबाट आउने गुनासामध्ये धारामा नियमित पानी नआउने, मिटर बिग्रिने, समयमै मर्मत नहुने, आवश्यकताअनुसार पानी वितरण नहुने, पानीको गुणस्तरबारे शंका रहने तथा बिल असुलीमा पारदर्शिता नदेखिने जस्ता समस्या प्रमुख रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमकामा रोल्पा नगरपालिका निवर्तमान प्रमुख पूर्ण केसी, नेपाली कांग्रेसका नगर सभापति चन्द्रप्रकाश आचार्य, नेकपा एमालेका प्रतिनिधि घनश्याम आचार्य, नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका उपाध्यक्ष हरिबहादुर चिन्तन, नेकपाका प्रतिनिधि जागृति सी, राप्रपाका प्रतिनिधि हर्षबहादुर साही, रोल्पा नगरपालिका–४ का निमित्त वडाध्यक्ष टिकाराम शर्मा, वडा नं. २ का वडाध्यक्ष प्रकाश डाँगी, वडा नं. १ का वडाध्यक्ष खुमबहादुर थापा र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पदमबहादुर डाँगीलगायतले मन्तब्य, सहित धारणा ब्यक्त गर्नु भएकाे थियो ।












