रोल्पा, भदौ १४ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पामा निशुल्क आँखा जाँच कार्यक्रम जारी छ।

भदौ ११ देखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने तालिका तय गरिएको छ। आज, भदौ १४ गते, सुनिलस्मृती गाउँपालिका–१, घोडागाउँ–थुम्पाकी मा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।

आजको कार्यक्रममा ८३ जनाको आँखा परीक्षण गरिएको थियो। जाँचका क्रममा १७ जनामा मोतिविन्दु फेला परे। ती बिरामीको शल्यक्रिया आगामी भदौ २० गते सुलिचौर सर्जिकल आँखा केन्द्र मा प्राध्यापकस्तरका नेत्ररोग विशेषज्ञद्वारा गरिनेछ।

कार्यक्रमका संयोजकका अनुसार अत्याधुनिक Phaco प्रविधि प्रयोग गरी शल्यक्रिया गराउँदा ५० प्रतिशत विशेष सहुलियत हुनेछ भने SICS प्रविधि, अर्थात् हातबाट गरिने शल्यक्रिया पूर्ण रूपमा निशुल्क हुनेछ। नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुला रहनेछ।

रोल्पामा कुल ८ शिविर संचालन हुने तालिका तय गरिएको थियो। आजसम्म ४ कार्यक्रम सम्पन्न भइसकेका छन्:

बाकी कार्यक्रमहरू भदौ १५ देखि १८ गतेसम्म क्रमशः

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस