दाङ, भदाै १५ । लमही नगरपालिका–२ बरुवा गाउँका ७० वर्षीय भगवानदीन चौधरी कारको ठक्करबाट ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान करिब साढे सात बजे लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले चौधरीलाई सिसहनियाँ–सोनपुर भित्री सडक खण्डमा पैदल हिँडिरहेका बेला ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई सुरुमा लमही अस्पताल पुर्याइएको थियो। जटिल अवस्था देखिएपछि उनलाई बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा सारिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयका अनुसार सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।












