भरत वली

रोल्पा, भदौ १५ ।  रोल्पाको माडी गाउँपालिकामा आइतबार बृहत आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय तथा माडी गाउँपालिकाको सहकार्यमा उक्त  एकदिने  शिविर सम्पन्न भएको हो।

उक्त शिबिर आइतबार माडी गाउँपालिका–६ कोर्चावाङ स्वास्थ्य चौकी मिनहीमा सञ्चालन गरिएको थियो।

शिविरमा दृष्टि परीक्षण, मोतिबिन्दु छनोट तथा चश्मा जाँचको सेवा प्रदान गरिएको थियो। जम्मा १३७ जनाले सेवा लिएका थिए, जसमा ८६ महिला र ५१ पुरुष रहेका थिए। सोही क्रममा ५ जना (महिला ३, पुरुष २) मोतिबिन्दु रोगीलाई आगामी भदौ २५ र २६ गते रोल्पा लिवाङस्थित सामुदायिक आँखा केन्द्रको नयाँ भवनमा हुने शल्यक्रिया शिविरमा सिफारिस गरिएको आयोजकले जनाएको छ।

शल्यक्रिया शिविरमा तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौंबाट आएका दक्ष तथा अनुभवी वरिष्ठ नेत्र विशेषज्ञ चिकित्सकहरूले मोतिबिन्दु लगायत अन्य आँखासम्बन्धी शल्यक्रिया बताइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस