भरत वली

रोल्पा, भदौ १४ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पामा निशुल्क आँखा जाँच कार्यक्रम जारी छ।

भदौ ११ देखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने तालिका तय गरिएकोमा, आज, भदौ १५ गते, लुङ्ग्री गाउँपालिका-७ हार्जङ-छहरेखुङ, रोल्पामा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएकाे छ ।

आजको शिबिरमा १२५जनाकाे आँखा जाँच गरिएकाेमा २६ जना माेतियाविन्दुका विरामीहरू फेलापरेकाेर उनीहरूलाई सुलिचौर सर्जिकल आँखा केन्द्रमा भदौ २० गते स:शुल्क तथा नि:शुल्क शल्यक्रिया गरिने उपचार केन्द्र प्रमुख केशर डाँगीले जानकारी दिनुभयाे ।

कार्यक्रमका संयोजकका अनुसार अत्याधुनिक Phaco प्रविधि प्रयोग गरी शल्यक्रिया गराउँदा ५० प्रतिशत विशेष सहुलियत हुनेछ भने SICS प्रविधि, अर्थात् हातबाट गरिने शल्यक्रिया पूर्ण रूपमा निशुल्क हुनेछ। नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म खुला रहनेछ।

रोल्पामा कुल ८ शिविर संचालन हुने तालिका तय गरिएको थियो। आजसम्म ५ शिबिर सम्पन्न भइसकेका छन्:

बाकी कार्यक्रमहरू भदौ १६ देखि १८ गतेसम्म बाकी रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस