दाङ, भदौ १६ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार दाङ र सुर्खेत क्षेत्रमा डिजेल–मट्टीतेल प्रतिलिटर १४४ रुपैयाँ पर्नेछ। यसअघि भन्दा प्रतिलिटर चार रुपैयाँले सस्तो भएको हो। यस्तै आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ मूल्य प्रतिकिलोलिटर सात अमेरिकी डलरले घटाइएको छ।

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। काठमाडौं, पोखरा र दिपायलमा भने प्रतिलिटर १४५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस