भरत वली

रोल्पा, भदौ १६ । रोल्पामा बृहत आँखा शिविर सम्पन्न भएकाे छ । जिल्लाकाे राेल्पा नगरपालिका को १० नं वडा कार्यलय भवन धाबाङमा एकदिने दृष्टि परीक्षण, मोतिबिन्दु छनौट तथा चश्मा जाँच सहितको बृहत आँखा शिबिर  सम्पन्न भएको हाे ।

साेमबार सम्पन्न उक्त कार्यक्रम नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय र रोल्पा नगरपालिका रोल्पाको सहकार्यमा सम्पन्न भएकाे हाे ।

शिविरमा जम्मा १०२ जनाले सेवा लिएका छन्, जसमा ५६ महिला र ४६ पुरुष रहेका छन्। शिबिरमा उपस्थित व्यक्तिहरूको दृष्टि परीक्षण, मोतिविन्दु छनौट र चश्मा जाँच गरिएको थियो।

शिविरमा पाँच जना (पुरुष १, महिला ४) मोतिविन्दु भएका बिरामीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ। उनीहरूको शल्यक्रिया भदौ २५ र २६ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, लिवाङ रोल्पा नयाँ भवनमा गरिने अायाेजकले जनाएकाे छ ।

शल्यक्रियामा नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंका अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञले मोतिविन्दु तथा अन्य अपरेशन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस