घोराही, भदौ १६ । घोराही उपमहानगरपालिकालाई आगामी माघ १५ गते लैंगिक हिंसा नियन्त्रित नगरको रुपमा घोषणा गरिने भएको छ।

महिला, बालबालिका तथा सामाजिक विकास शाखाले सोमबार आयोजना गरेको नगर स्तरीय लैंगिक हिंसा निवारण समन्वय समितिको बैठकले नगर स्थापना दिवसकै अवसरमा यो घोषणा गर्ने निर्णय गरेको हो। समितिका संयोजक तथा नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा निर्णय सार्वजनिक गरिएको थियो।

शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले बताएअनुसार, लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्न आवश्यक विभिन्न सूचक पूरा गरिएको छ। यस अभियानलाई सफल बनाउन वडा र टोल तहमा निरन्तर अभिमुखिकरण तथा सचेतना कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विकासका लागि परिवार र समाजमा शान्ति कायम हुनु आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस