दाङ, भद्र १६ । आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यका साथ घोराही उपमहानगरपालिका–१५ मा “इन्स्पाएरीङ यु एकेडेमी” संचालनमा आएको छ।
एकेडेमीले दक्ष प्रशिक्षकमार्फत बेकरी, बरिष्टा, ब्युटिसियन, इलेक्ट्रिसियन, सेफ लगायतका विभिन्न सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यका साथ आफ्नो यात्रा सुरु गरेको हो।
सो एकेडेमीको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन र पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।












