भरत वली

रोल्पा, भदौ १७ । रोल्पामा शुल्कसहित मोतिविन्दु शल्यक्रिया हुने भएकाे छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–सुलिचौर सर्जिकल आँखा केन्द्र, सुलिचौरको आयोजनामा शुल्कसहित मोतिविन्दु अपरेशन हुने भएको हाे ।

लमही आँखा अस्पताल, दाङको प्राविधिक सहयोगमा हुने शल्यक्रिया भाद्र २० र २१ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सुलिचौर सर्जिकल आँखा केन्द्र, रोल्पामा सञ्चालन गरिनेछ ।

संघका अनुसार मोतिविन्दुको अपरेशन दक्ष तथा अनुभवी वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राध्यापक डाक्टरद्वारा गरिनेछ । शल्यक्रियामा अत्याधुनिक Phaco प्रविधिबाट न्यूनतम शुल्क रु. ६ हजारमा र SICS प्रविधिबाट हातबाट निःशुल्क अपरेशनको व्यवस्था गरिएको छ ।

नेत्रज्योति संघले सम्पूर्ण आँखाका बिरामीलाई तोकिएको मिति र स्थानमा सम्पर्क गरी सो अवसरको लाभ लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस