oplus_2

काठमाण्डाै, भदाै १९ ।  सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भनेपनि २६ भन्दा बढी सामाजिक सञ्जालले सूचीकृत गर्न प्रक्रियामा आएका छैनन । नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, लिङ्कडइन, स्न्यापच्याट लगायतका सामाजिक सञ्जालले दर्ता प्रक्रियामा आउन अटेर गरेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी ५ वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिङ्क दर्ताको प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस