दाङ, भदाै १९ । दाङको घोराही उपमहानगरपालिका–१३ डम्मुर गाउँबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले बुधबार साँझ गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका २१ वर्षीय पुस्कर घर्तिलाई पक्राउ गरेको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १ पुरिया (तौल १ ग्राम ८६० मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ।

सोही क्रममा पुस्कर घर्तिको डेरा कोठामा खानतलासी गर्दा उनका सहोदर दाजु २७ वर्षीय कमल घर्ति पनि पक्राउ परेका छन्। कमललाई कोठामै ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनको कोठाबाट १६ पुरिया (तौल ५ ग्राम) लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनाको साथबाट जम्मा ६ ग्राम ८६० मिलिग्राम लागुऔषध फेला परेको र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस