जनकपुरधाम, भदाै १९ । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्।

पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको दिवा खाजामा छेपारो परेपछि ६० जना बालबालिका प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका हुन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो। ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए।

त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए। अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको अस्पताल स्रोतले जानकारी दियो।

व्यवस्थापन समिति अध्यक्ष महतोका अनुसार कसैलाई त्यस्तो समस्या छैन। तैपनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पताल ल्याइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस