दाङ, भदौ १९ । त्रिभुवननगर जेसीजले आयोजना गरेको ‘ट्रेनिङ म्याराथन २०२५’ अन्तर्गत चाैथाे दिनको प्रशिक्षण “फ्रम क्लिक्स टु कोर्ट्स (साइबर अपराध र कानुनी प्रभाव बुझ्ने विषय)” बिहीबार घोराहीस्थित राप्ति शिक्षा क्याम्पसमा सम्पन्न भएको छ।
कार्यक्रम त्रिभुवननगर जेसीजका २०२५ का अध्यक्ष टंकबहादुर रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संविधानसभा सदस्य माननीय अनिता देवकोटा प्रमुख अतिथि रहनुभएको थियो भने दाङ जिल्ला अदालतकी शाखा अधिकृत मञ्जु शर्मा प्रमुख प्रशिक्षकको भूमिकामा रहनुभएको थियो।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि माननीय अनिता देवकोटाले साइबर अपराधको दायरा दिनप्रतिदिन फराकिलो बन्दै गएको र डिजिटल युगमा व्यक्तिगत गोपनीयता, आर्थिक सुरक्षा र कानुनी दायित्वबारे सचेत हुनुपर्ने आवश्यकता अझै बढेको छ। ‘फ्रम क्लिक्स टु कोर्ट्स’ जस्ता प्रशिक्षणले समाजलाई साइबर अपराधको जोखिम र कानुनी परिणामबारे बुझ्न सहयोग पुग्ने छ। उहाँले भन्नु भयाे त्रिभुवननगर जेसीजले निरन्तर यस्ता ज्ञानमूलक कार्यक्रम आयोजना गरेर युवाहरूमा जागरण ल्याउने कार्य गरिरहेको छ, जुन प्रशंसनीय छ। युवाहरूको सक्रिय सहभागिताले नै सुरक्षित र जिम्मेवार डिजिटल समाज निर्माणमा योगदान पुर्याउनेछ।
बिहिबार भएकाे उम्त तालिम त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष जेसी राजिव उल्लाह खानको नेतृत्वमा र जेसी किरण गौतमको आस्थापाठमा सुरु भएको हो। कार्यक्रममा संयोजक हिमाल केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घाटन सत्रको सहजीकरण महासचिव कृष्णदेव थापाले गर्नुभएको थियो।

