काठमाण्डाै, भदाै २० । आज दिउँसोपछि पश्चिमको अर्घाखाँची, दाङ, अछामलगायत केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ३ घण्टामा सुर्खेतको वीरेन्द्रनगर गोठीकाँडा वर्षामापन केन्द्रमा सबैभन्दा धेरै ४४ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

काठमाण्डौको धाप ड्याममा ३९ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाण्डौ उपत्यकाको सुन्दरीजल, साँखु, पानीपोखरीसहित गोदावरी, ताथलीलगायतका क्षेत्रमा पनि वर्षा भएको छ ।

यस्तै नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोकको गोब्रेसहितका केही क्षेत्र, पूर्वको इलाम, सुनसरी, पश्चिमको अर्घाखाँची, दाङ, अछामलगायतका जिल्लामा मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

दाङ जिल्ला सहित देशका धेरै ठाउँमा आज दिउँसो चर्को घाम लागेको थियो । अहिले ठूलो पानी पर्ने सम्भावना नरहेको र राति कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस