काठमाण्डाै, भदाै २० । आजदेखि पोखरामा शुरू भएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा ललितपुरकाे क्वीन्सले विजयी शुरुआत गरेकाे छ ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको दाेस्राे खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हरायो । ललितपुरले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्यो । आजै भएकाे उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविसले पाेखरा निन्जाजलाई ३–० काे साेझाे सेटमा हराउँदै विजयी शुरुवात गरेकाे छ ।
प्रतियोगितामा कर्णाली, पोखरा, ललितपुर, मधेश, काठमाण्डौ स्पाइकर्स र लुम्बिनी लाभाज गरी ६ वटा टोली छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।

