तुलसीपुर, भदौ २१ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १६ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । सोअवसरमा संस्थाका सचिव दशरथ वलीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशवराज वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा नेपाली काँग्रेसका दिपक गिरी, खानेपानी तथा सरसफाइ डिभिजन दाङका प्रमुख तिलक न्यौपाने, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष खेमराज वली, महासंघका सल्लाहकार चोक प्रसाद धिताल, तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वली, ९ का वडा अध्यक्ष घनश्याम ढकाल, ३ का वडा अध्यक्ष विजय बिक, नेकपा एमालेका रुप बहादुर खत्री, नेपाली काँग्रेसका डम्बर पुरी, नेकपा माओवादी केन्द्रका मोहन थापा, रास्वपाका बलिराम खत्री, नेपाल कम्युनिष्ट पार्टीका मेघराज पाण्डे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, अमृतपुर खानेपानीका सल्लाहकार किरण केसी, स्वास्थ्य अभियन्ता डा. किशोर खत्री, उपभोक्ता मुक्ति न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष केशव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साधारणसभामा असल कर्मचारी निमा थापा डाँगी, असल पार्षद् मंगल बिक, सिता परियार, चन्द्रकली तिवारी, डिल्ली बहादुर कामी, जम बहादुर मल्ललाई सम्मान गरिएको थियो । त्यसैगरी नियमित पानीको महसुल बुझाउने मनवीर खत्री, मैना टावेटालाई पनि सम्मान गरिएको थियो । त्यसैगरी जग्गादाता निमा भण्डारी र उषा बस्नेतलाई पनि सम्मान गरिएको अमृतपुर खानेपानी सहसचिव कमला कमारी अधिकारीले बताउनुभयो । साधारणसभापछि बस्ने बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस