घोराही, भदौ २१ । घोराहीमा निःशुल्क आँखा जाँच शिबिर कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग र Atlas Alliance NABP Norway को आर्थिक सहयोगमा घोराही–७ मा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।
उक्त शिबिर कार्यक्रममा १८१ जना बिरामीले सेवा लिएका थिए । १८१ जनाकाे आँखा जाँच गरिएकोमा ४४ जना मोतिविन्दुका बिरामी फेला परेका छन । उक्त माेतिबिन्दुका बिरामिलाइ लाई २०८२ भदौ २३ गते राप्ती आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको कार्यक्रम संयोजक विमल घिमीरेले जानकारी दिनुभयो।

