काठमाडौं, भदौ २२ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ मूल नारासहित २२औं निजामती सेवा दिवस आज देशभर मनाइयो। यस अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम सुरु भई न्यू प्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भयो।
मूल समारोहमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र मुख्य सचिव एकनारायण अर्यालले सम्बोधन गर्नुभयो।
नेपालमा पहिलोपटक २०१३ साल भदौ २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष यो दिवस मनाइँदै आएको हो।

