घाेराही, भदाै २२ । त्रिभुवननगर जेसीजले आयोजना गरेको ‘ट्रेनिङ म्याराथन–२०२५’ अन्तर्गत तेस्रो दिनको कार्यक्रम ‘Spirituality : Science of Balanced Life’ शुक्रबार घोराहीस्थित पद्मोदय क्याम्पसमा सम्पन्न भयो।

त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंक रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न कार्यक्रम घोराही–१७ का वडाध्यक्ष राम लौटन चौधरीकाे प्रमुख अतिथ्यता र कार्यक्रममा पूर्वअध्यक्ष निशान्त आचार्य, क्याम्पस प्रमुख किरण पौडेल, जेसी बिवेक देवकोटा, सी किरण गौतम  लगाएतकाे सहभागिता  रहेकाे थियाे । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा समाजसेवी किशोर चन्द्र गौतम प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो।

उक्त कार्यक्रममा बिवेक देवकोटाले आस्थापाठ अगुवाइ गर्नुभएको थियो भने जेसी किरण गौतमले ‘मिशन–भिजन’ वाचन गर्नुभएकाे थियाे।

कार्यक्रममा सहभागीहरूले ‘Spirituality : Science of Balanced Life’ विषयवस्तुलाई अत्यन्तै सान्दर्भिक र प्रेरणादायी रहेको बताएका थिए। उनीहरूका अनुसार तालिमले आत्मअनुशासन, मानसिक सन्तुलन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावनामा वृद्धि गराएको छ।

सहभागीहरूले प्रस्तुत गरिएका अभ्यास, अन्तरक्रिया र विचार–विनिमयबाट व्यक्तिगत जीवन र पेशागत जीवनमा सन्तुलन कायम गर्ने नयाँ दृष्टिकोण पाएको प्रतिक्रिया दिएका छन्। उनहरूका भनाइअनुसार, यस्तो तालिमले आत्मविकास, नेतृत्व क्षमता, र समाजमा सकारात्मकता फैलाउने उर्जा दिन्छ। कार्यक्रम सञ्चालन गर्ने संस्थालाई सहभागीहरूले धन्यवाद ज्ञापन गर्दै यस्ता अवसरहरू निरन्तर रहिरहनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रम संयोजक जेसी गणेश ओलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस