दाङ, भदौ २२ । त्रिभुवननगर जेसीजले आयोजना गरेको “ट्रेनिङ्ग म्याराथन २०२५” अन्तर्गत छैठौं दिनको “Effective Public Speaking Training” कार्यक्रम घोराहीस्थित दिपशिखा क्याम्पसमा सम्पन्न भएको छ।
कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत (अनन्त)काे अध्यक्षता तथा घोराही–१५ का वडा अध्यक्ष रमेश पाण्डेकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे थियाे, भने प्रमुख प्रशिक्षकको रूपमा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष निशानत आचार्य उपस्थित रहनु भएकाे थियाे ।
कार्यक्रममा पूर्व अध्यक्ष भोलानाथ अधिकारी, क्याम्पस प्रमुख प्रतिक राज बस्नेत, र दाङ लेडीकी अध्यक्ष अनिता ढकालले महत्वपूर्ण भनाइ सहित मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जेसी बिबेक देवकोटाको आस्थापाठ अगुवाई, जेसी गणेश ओलीको मिशन–भिजन वाचन रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित सहभागीहरूले “Effective Public Speaking Training” अत्यन्तै उपयोगी र प्रभावकारी रहेको बताएका छन्। उनीहरूका अनुसार यसले सार्वजनिक बोलाइको कला, आत्मविश्वास, अभिव्यक्ति शैली, तथा श्रोता सम्हाल्ने क्षमता विकास गर्न सहयोग पुर्याएको छ।
सहभागीहरूले प्रस्तुत अभ्यास, अन्तरक्रिया र प्रशिक्षणले व्यक्तिगत तथा पेशागत जीवनमा प्रभावकारी सञ्चार गर्न सक्ने क्षमता अभिवृद्धि गरेको छ। कार्यक्रमले उनीहरूलाई आत्मविश्वासका साथ आफ्नो विचार स्पष्ट रूपमा व्यक्त गर्ने सीप प्रदान गरेको उल्लेख गरेका छन्।
कार्यक्रम संयोजक जेसी प्रेमलाल न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो।

