लमही, भदाै २३ । लमही नगरपालिका–६ कुलमोहर क्षेत्रमा लमही–घोराही सडक खण्डमा भएको दुर्घटनामा एक भैसीको मृत्यु भएको छ भने एक व्यक्ति गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ करिब ७:३० बजे लमहीबाट घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५७२३ नम्बरको ट्रकले बाटो छेउमा भैसी चराइरहेका व्यक्तिलाई ठक्कर दिएको हो।

उक्त दुर्घटनामा राजपुर गाउँपालिका–४ मोतिपुरका ४० वर्षीय तुलाराम यादव र उनी चराइरहेको भैसी ट्रकको ठक्करमा परेका थिए। भैसीको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते यादवलाई प्रारम्भिक उपचारपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पुर्‍याइएको थियो।

प्रहरीका अनुसार थप उपचारका लागि यादवलाई नेपालगञ्ज पठाइएको छ र हाल उनी त्यहाँको नर्सिङ होममा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस