काठमाडौं, भदौ २४। नेकपा (एमाले) का सचिव रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीमा रहेको महासेठको घरमाथि प्रदर्शनकारीको आक्रमण भएको हो।
जेनजी समूहको आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूका निजी घर र सरकारी कार्यालयहरूलाई लक्षित गर्दै ढुंगामुढा तथा आगजनीजस्ता गतिविधि तीव्र पारेका छन्।
यसअघि काठमाडौंमा समेत प्रदर्शनकारीहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा ढुंगामुढा गरेका थिए।












