घाेराही, भदाै २४ । हिजोको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा युवा पुस्ताले आज पनि प्रदर्शन थालेका छन् ।
घाेराही बजारका तुलसीपुर चाेक, घाेराही उपमहानगरपालिकाे कार्यालय, जिल्ला प्रसासन कार्यालय लगायतका क्षेत्रमा प्रदर्शन भएको हो ।

घाेराहीका बिभिन्न ठाउहरूमा अहिले पनि निरन्तर युवाहरुले प्रदर्शन गरिरहेका छन।

हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् । राज्यबाट भएको दमनको चौतर्फी निन्दा भैरहेको छ ।












