काठमाडौँ, भदौ २५ । जेनजी आन्दोलनकारीको आगजनीका कारण सर्वोच्च अदालत ध्वस्त भएको छ। आगलागीमा मुद्दाका धेरै महत्त्वपूर्ण फाइलहरू नष्ट भएका छन्। स्रोतका अनुसार, बाँकी रहेका केही फाइलहरू आज सुरक्षित स्थलतर्फ सारिएको छ। तर, ती महत्वपूर्ण सामग्रीलाई सुरक्षित राख्न त्रिपाल आवश्यक परेको सर्वोच्च अदालतले जनाएको छ।
अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, “अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउन कर्मचारीहरू खटिएका छन्। सुरक्षित राख्न त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो, कसैले सहयोग गर्नुपर्ने अवस्था आएको छ।”
अदालतले नागरिकसँग सहयोगको अपिल गर्दै बाँकी फाइल र सामग्री जोगाउने कार्यलाई प्राथमिकतामा राखेको छ।












