काठमाडौँ, भदौ २५ आगामी सरकार गठनको नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्दै विवादमा रहेका जेनजी समूहका प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्क गर्न आग्रह गरेको छ।

जंगी अड्डा बाहिर उपस्थित भएर सेनाका प्रतिनिधिहरूले माइकिङमार्फत यो जानकारी दिएका हुन्। सरकार नेतृत्वसम्बन्धी असन्तुष्टि प्रकट गर्दै जेनजीहरूले त्यहाँ नाराबाजी गरेका थिए।

‘कस–कसलाई नेतृत्व दिन खोजिएको हो, तीमध्ये कति जना हुनुहुन्छ, त्यस ग्रुपको फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोस्,’ सेनाका प्रतिनिधिहरूले भनेका छन्, ‘प्रत्येक समूह नेताको नाम उल्लेख गरी हामीलाई बुझाइदिनुहोस्।’

बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए। तर, बाहिर भेला भएका युवाहरूले उक्त प्रस्तावको विरोधमा नाराबाजी गरेका थिए।

यसक्रममा कतिपयले काठमाडौं महानगरका मेयर बालेन शाहसहितका अन्य व्यक्तिहरूको नाम पनि लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस