काठमाण्डौं, भदौ २६ । त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा छोट्याउँदै असामान्य परिस्थितिका कारण पठन पाठन बन्दकाे घाेषणा गरेकाे छ । रजिष्ट्रारको कार्यालयले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदा छोट्याउँदै केही दिनका लागि पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालयले जारी गरेकाे सुचना अनुसार २०८२ साल भदौ २९, ३०, ३१ तथा असोज १, २ र ५ र कार्तिक ९ गते त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य स्थगित रहनेछ। नियमित पठन पाठन भने कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुनेछ।

विश्वविद्यालयले विद्यार्थी, शिक्षक र सम्बन्धित सबैलाई यसबारे जानकारी राख्न अनुरोध गरेको छ।

सूचना त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा, कीर्तिपुर, काठमाडौंबाट जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस