काठमाडौँको सिंहदरबारको पश्चिम द्वार अगाडि मङ्गलबार सहभागी प्रदर्शनकारी । ‘जेनजी’ पुस्ताले विधि प्रक्रियाको पक्षमा हिजोदेखि सुरु गरेको आन्दोलनका क्रममा आज निषेधाज्ञाको अवज्ञा गर्दै सिंहदरबारको पश्चिम गेट अगाडि प्रदर्शन गरेका हुन । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं, भदाै २७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा ३६ जनाको मृत्यु भएको जनाएको छ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले देशभरिका अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार हालसम्म ३६ जनाको मृत्यु भएको जानकारी दिए।

घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् । सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ।

यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस