काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनको दौरान नख्खु कारागारबाट बाहिरिएका रास्वपा सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग चर्किएको छ। सहकारी ठगी मुद्दामा जेलमा रहेका लामिछानेलाई रास्वपाका सांसदहरू हरि ढकाल र डीपी अर्यालले कानुनी रूपमा विवादास्पद कागजातको आधारमा नख्खु कारागारबाट छुटाएका थिए। चलानी नम्बरबिहीन र गृह सचिवले गर्ने निर्णय नभएको पत्र देखाएर छुटाइएका रविलाई पुनः कारागार फर्काउन जनस्तरबाट माग भइरहेको छ।
‘हामी नेपाल’ नामक समूहले काठमाडौँका चोकहरूमा रविको फोटोसहित “फरार कैदी” र ‘मस्ट वान्टेड क्रिमिनल’ लेखिएको पोस्टर टाँसेको छ। सामाजिक सञ्जालमा पनि उनलाई जेल फर्काउन दबाब बढेको छ। लामिछाने नख्खुबाट बलजफ्ती निस्किएको भन्दै अहिले देशभरबाट झन्डै १५ हजार कैदी भागेका छन्। नख्खुबाट भागेका पूर्वमन्त्री सञ्जय टक्ला पक्राउ परिसकेका छन् भने एमाले नेता टोपबहादुर रायमाझीले आफैँ फर्किने जानकारी गराएका छन्।
यता, १३ सयभन्दा बढी फरार कैदीहरू पुनः पक्राउ भइसकेका छन् भने सेना र प्रहरीले बाँकीलाई स्वेच्छिक रूपमा फर्कन अपिल गरिरहेका छन्।

