काठमाडौ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ संविधान जारी भएपछि यसअघि बनेका सबै सरकार धारा–७६ अनुसार गठन भएका थिए। तर यो पटक भने कार्कीको नियुक्ति धारा–६१ अनुसार भएको हो।

संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था गरिएको छ। यसमा राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा परिभाषित गर्दै, संविधान तथा संघीय कानुनअनुसार कार्य सम्पादन गर्ने प्रावधान उल्लेख गरिएको छ। सो धारामा प्रधानमन्त्री पद वा नियुक्तिसम्बन्धी कुनै प्रत्यक्ष प्रावधान भने छैन।

यद्यपि, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकता प्रवर्द्धन गर्ने, संविधानको पालना र संरक्षण गर्ने अधिकार पाउने उल्लेख छ। त्यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति पौडेलले देशको विशेष परिस्थितिमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको स्पष्ट पारेका छन्।

यसअघि जेन–जेड आन्दोलनको प्रभावमा कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा अघि सारिएको थियो। अब उनले मुलुकलाई स्थायित्व दिने र आगामी निर्वाचनसम्म सत्ता सञ्चालन गर्ने जिम्मेवारी पाएकी छिन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस