दाङ, भदौ २८। विगत केही दिनदेखि बन्द रहेका घोराही उप-महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु आगामी २९ भदौदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्।

घोराही उप-महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम के.सी.का अनुसार मुलुकमा उत्पन्न विषम परिस्थिति सामान्य बन्दै गएको हुँदा विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने  निर्णय गरिएको हो ।

यसअघि भदौ २४ गतेदेखि पठनपाठन रोकिएको थियो। नगरपालिकाले जनजीवन सहज हुँदै गएकाले सबै विद्यालयलाई निर्धारित मिति (२९ भदौ) देखि पढाइ सञ्चालन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस