दाङ, भदौ २९ । देउखुरीमा खोलामा डुबेर आमा र छोरी दुवैको ज्यान गएको छ। लमही नगरपालिका–१ बसन्तपुरकी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको शुक्रबार दिउँसो करिब २ बजे खोलामा डुबेर मृत्यु भएको हो।

घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए। श्रीमान् भरत सार्की पनि सँगै थिए। प्रारम्भमा किमा सार्की दहमा डुब्नुभएपछि छोरी होलिका उनलाई बचाउन गएकी थिइन्, तर उनी पनि त्यहीँ डुब्न पुगिन्।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार भरत सार्कीले पत्नी र छोरी दुवैलाई उद्धार गर्न प्रयास गरे पनि सफल हुन सकेनन्। मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि लमही अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस