घोराही, भदौ २९ । जेन–जी आन्दोलनका क्रममा दाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित करिब एक दर्जन प्रहरी चौकी र पोष्टमा तोडफोड र आगजनी हुँदा जिल्लाको सडक व्यवस्थापन ठप्प बनेको छ।
२८ सवारी साधन, कागजात, उपकरण र भवन जलेर नष्ट भएपछि ट्राफिक प्रहरीहरू बर्दी र साधनबिनै कार्यालय सरसफाइमा जुट्न बाध्य भयका छन्। लाइसेन्स जाँच, दुर्घटना मुचुल्का, सचेतना कार्यक्रम जस्ता सेवा पनि रोकिएका छन्।
वडा प्रहरी कार्यालय घोराहीदेखि इलाका प्रहरी कार्यालय नारायणपुर र तुलसीपुरसम्मका गेट, पोष्ट र परीक्षाका उत्तरपुस्तिका–कागजातसमेत जलाइएका छन्। कम्प्युटर–प्रिन्टर फुटाइएका छन् र निजी मोटरसाइकलहरू समेत जलाइएका छन्।
प्रमुख उपेन्द्रबहादुर बमका अनुसार “कार्यालयमा केही पनि बाँकी छैन, लगाउने बर्दी र बस्ने ठाउँ समेत छैन”।












