प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै भन्नुभयो,“सर्वोच्च अदालत जलेर भष्म भयो। अपराधीले मुलुकमाथि गरेको चुनौती हो। जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ।”

उहाँले सिंहदरबार, सर्वोच्च अदालत र व्यक्तिका घर तथा सरकारी, व्यवसायिक र उद्योगीको सम्पत्तिमा क्षति भएकोमा चिन्ता व्यक्त गर्नुभयो। साथै, व्यवसायी र उद्योगीलाई आवश्यक प्रोत्साहन र सहुलियत उपलब्ध गराउन सरकारले कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस