राेल्पा, भदाै २९ । राेल्पा नगरपालिका वडा नम्बर ६, काेटगाउँ स्वास्थ्यचौकिमा सञ्चालन भइरहेको ग्रामीण भिडियो एक्सरे सेवाको स्थलगत अवलोकन र परामर्शका लागि नगर उपप्रमुख गिता आचार्यले शुक्रबार कार्यक्रम स्थलमा पुग्नुभइकाे हाे ।

उपप्रमुख आचार्यले गर्भवती महिला र महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग भेटघाट गरी आवश्यक सुझाव तथा परामर्श समेत लिनुभयो। कार्यक्रममा सहभागी गर्भवती महिलाहरूले घरमै सहज रूपमा उपलब्ध भएको भिडियो एक्सरे सेवा प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन। वडा तहमा तालिम प्राप्त अनमी कमला गुरुङले उक्त सेवा निरन्तर रूपमा प्रवाह गरिरहनुभएको छ।

भेटघाटपछि संक्षिप्त औपचारिक कार्यक्रम पनि आयोजना गरिएकाे थियाे । कोटगाउँ स्वास्थ्यचौकी प्रमुख देवका बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख गिता आचार्य, स्वास्थ्य शाखा उपप्रमुख नैना घर्ती, प्रेस संयोजक देवी गुरुङ, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू र गर्भवती महिलाहरू लगाएतकाे उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन सिनियर अनमी यामकुमारी बुढाले गर्नु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस