भरत वली
रोल्पा, भदौ १४ । रोल्पाकाे खुंग्रीमा रहेकाे ज्ञानमन्दिर विद्या गृह बोर्डिङ स्कूल, सुनिलस्मृति गाउँपालिका–२, खुंग्रीमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र र नर्वेको NAVP आर्थिक सहयोगमा सञ्चालन गरिएकाे थियाे ।
अाइतबार भएकाे नि:शुल्क आँखा जाँच कार्यक्रममा ३१३ जनाको आँखा जाँच गरिएकोमा ३५ जनामा दृष्टिदोष समस्या भएका भेटिएको र उनीहरूलाई निःशुल्क चश्मा वितरण गरिने केन्द्र प्रमुख केशर डाँगीले जानकारी दिनुभयो ।
                
		











