दाङ, भदौ २९ । राष्ट्रपतिद्वारा नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएकाे छ ।

राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्रीमती सुशिला कार्कीको सिफारिसअनुसार नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम श्रीमती सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ।

यो नियुक्ति २०८२ साल भदौ २९ गते आइतबारको दिनबाट लागु हुनेछ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालोले उक्त नियुक्तिको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस