काठमाडौं, असोज १ ।  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

बुधवार सिंहदरबारसहित सरकारी कार्यालय, कूटनीतिक नियोगहरूमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो। सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरूमा शोक व्यक्त गरिएको हो।

सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजनिक विदा समेत दिएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो। सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस