घाेराही, असाेज १ । घोराहीमा ९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया सम्पन्न गरिएकाे छ । नेपाल नेत्रज्योति संघ अन्तर्गतको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालद्वारा सञ्चालित घोराही आँखा उपचार केन्द्रमा मंगलबार ९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया सम्पन्न गरिएको छ।
जसमध्ये ८ जनाको शल्यक्रिया फ्याको (Phaco) प्रविधिबाट र १ जनाको शल्यक्रिया एसआईसीएस (SICS) प्रविधिबाट गरिएको हो। एनएभीपी नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा प्रा. डा. प्रदीप बस्तोलाको नेतृत्वमा रहेको टोलीले सेवा प्रदान गरेको जनाएको छ।

