घोराही, असोज १ । चरम लोडसेडिङका बेला डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका दाङका तीन सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तीन अर्ब रुपैयाँभन्दा बढी भुक्तानी अझै नगरेको पाइएको छ ।

घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगले जरिवानासहित करिब तीन अर्ब दुई करोड रुपैयाँ बराबरको शुल्क तिरेका छैनन् । यद्यपि लमही खानेपानी, राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल र तुलसीपुर खानेपानीले भने सबै भुक्तानी गरिसकेका छन् ।

प्राधिकरणको नियमअनुसार ६० दिनभित्र महसुल नबुझाएमा लाइन काट्न सकिने व्यवस्था छ । अधिकांश ग्राहकको रकम तिरेपछि लाइन पुनः जडान भए पनि सिमेन्ट उद्योगको लाइन काट्दै–जोड्दै गरिएको अवस्था छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन् । तर सम्राट सिमेन्टले प्राधिकरणको अकाउन्टिङ त्रुटिका कारण बढी बक्यौता देखाइएको दाबी गर्दै वास्तविक रकम कम रहेको र किस्ताबन्दीमा तिरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस