दाङ, ५ असोज । लमही नगरपालिकाले स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएको भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ‘कदर पत्र’ प्राप्त गरेको छ।
नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (IMNCI) कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणमा देखाएको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले लमही नगरपालिकालाई सम्मानस्वरूप कदर पत्र प्रदान गरेको हो।
स्वास्थ्य मन्त्रालयले IMNCI कार्यक्रमको रजत जयन्ती–२०८२ का अवसरमा विशेष कार्यक्रमकाबीच लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्मालाई कदर पत्र प्रदान गरेको थियो। उक्त कदर पत्र स्वास्थ्य शाखा प्रमुख शर्माले आज असोज ५ गते लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीलाई हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले लमही नगरपालिकाको प्रयासले बालबालिकाको स्वास्थ्य सेवा स्तरमा महत्वपूर्ण सुधार आएको उल्लेख गर्दै निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गरेका थिए।












