घाेराही, ६ असाेज । मानव विकास सामुदायिक सेवा (एचडीसीएच) र भरोसा सामुदायिक सेवा दाङद्वारा सञ्चालित सामुदायिक रेडियो भरोसा १०४.९ मेगाहर्जले आफ्नो एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा ट्राफिक कार्यालय र वृद्दाश्रम मा पुगि सहयाेग हस्तान्तरण गरेकाे छ ।

मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धरका अनुसार आइतवार उक्त बार्षिकाेत्सवकाे अवसरमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि सामुदायिक रेडिया भराेसा परिवार मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धर, भरोसा सामुदायिक सेवाका अध्यक्ष सन्त घर्ती, रेडियो भरोसाका स्टेशन म्यानेजर दिपक पुन, सदस्य समिति मिलन रोकायाखलगायतकाे समुह जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा  पुगि आवश्यक राहतस्वरूप ३ वटा दराज र एक दर्जन कुर्सी, एक थान रेडियाे हस्तान्तरण गरिएको हो। मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धरका अनुसार जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि राहतस्वरूप ३ वटा दराज र एक दर्जन कुर्सी, एक थान रेडियाे हस्तान्तरण गरिएको हो।

त्यस्तै बार्षिकाेत्सवकाे अबसरमा साेमवार दाङकाे घोराही उपमहानगरपालिका–१६ मा रहेकाे  ज्येष्ठ नागरिक सरोकार केन्द्र घोराही उपमहानगरपालिका–१६ तेरौटे दाङद्वारा सञ्चालित द्रोपता कुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रमलाई सहयोग प्रदान गरिएको छ । सामुदायिक रेडियो भरोसा १०४.९ मेगाहर्जले  आफ्नो एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा वृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकलाई १० थान ज्याकेट, १ ओटा घडी र ७ थान रेडियो प्रदान गरिएको हो। वृद्धाश्रममा ६० देखि ८८ वर्षसम्मका ज्येष्ठ नागरिक बस्दै आएको बताउँदै वृद्धाश्रमका व्यवस्थापक तथा पुजारी अर्जुन पौडेलले सहयोगले बस्ने ज्येष्ठ नागरिकहरूलाई खुशी मिलेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस