काठमाण्डौ, ३१ असाेज । काठमाण्डौ उपत्यकामा आज पनि बिहानैदेखि पारिलो घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । यसैगरी आज राति पनि देशभर मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस