काठमाण्डाै, असाेज ३१ । आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता बाँकी रहेका पाँच वटा उद्योगले आज नै प्राधिकरणलार्ई विद्युत् बक्यौता रकम तिर्न थालेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनको कुल बक्यौता पाँच करोड ८५ लाखमध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ बुझाएको जानकारी दिनुभयो । यसअघि नै बक्यौता तिर्न शुरू गरी वैशाखदेखि तिर्न छाडेको परासीमा रहेकाे लक्ष्मी स्टिलले पनि किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको उहाँको भनाइ छ ।

त्यसैगरी यसअघि किस्ता बुझाएर बीचमा छाडेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बुझाएको प्राधिकरणले जानकारी दिएको छ । डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसूलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न शुरू गरेको छ ।

उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसूलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले आज पहिलो किस्ता बुझाएको हो ।

त्यसैगरी १७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस