घाेराही, २८ फाल्गुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, दाङ जिल्ला उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, घरेलु उद्योग महासंघ र विभिन्न बस्तुगत समितिका प्रतिनिधीहरु, पत्रकार र नगर प्रहरी समेतको सहभागितामा बजार व्यवस्थानका बिषयमा अन्तरक्रिया कार्यक्रम भएको थियाे ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं उपप्रमुख हुमाकुमारी डिसी, निमित्त प्रमुख प्रशासकिय अधिकृत बासुदेव आचार्यको उपस्थितीमा भएको अन्तरक्रियामा व्यवसाय प्रवर्द्धन, सुरक्षा, पार्किङ, बजार अनुगमन, उपभोक्ता अधिकार र व्यवसायीक सुरक्षा लगाएतका बिषयमा छलफल भएको थियाे ।

शाखा प्रमुख मोहनसिंह सुनारले सहजिकरण गर्नुभएको कार्यक्रममा नगर प्रमुख चौधरीले व्यवसायीक प्रवर्धन, सुरक्षा र नियमनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस